२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

महिला माथि कुटपिट गर्ने लुम्बिनी प्रदेश राज्यमन्त्री बिमला ओली प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९


(ABC Sanchar)
दाङ । तुल्सीपुर लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ परेकी छिन्। एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री ओलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रञ्जन स्वाँरले जानकारी दिए।

राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतकी श्रीमती मिना भण्डारीलाई कुटपिट गरेकी हुन्। बस्नेतको घरमै पुगेर उनकी श्रीमती मिनालाई कुटपिट गरेपछि बिवाद भएको थियो।

लगत्तै प्रहरी घटनास्थलमा पुगेर राज्यमन्त्री वलीलाई नियनत्रणमा लिएको थियो। ‘राज्य मन्त्री ज्यूले एकराज बस्नेतकी श्रीमती मिना भण्डारलाई कुटपिट गरेपछि त्यहाँ बिवाद भयो,’ प्रहरी निरीक्षक स्वाँरले भने ‘अनि हामी त्यहाँ पुगेर राज्यमन्त्री लाई लिएर आयौँ।’ उनका अनुसार राज्यमन्त्री ओलीले किन कुटपिट गरेको भन्ने बारे एकिन खुलिनसकेको र राज्यमन्त्री ओेलीसंग सोधपुछ भैरहेको प्रहरी निरिक्षक स्वाँरले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]