२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

नेपाल प्रहरीका आईजिपी धिरज प्रताप सिंह मुद्दा लड्दै प्रहरी संगठन हाक्दै

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएका कारण प्रहरी महानिरीक्षक नियुक्तिमा पटक–पटक मुद्दा पर्ने गरेको छ । नेपाल प्रहरीजस्तो अनुशासित संगठनमा नेतृ्त्वका लागि मुद्दा परिरहनु राम्रो कुरा होइन । यसले संगठनभित्र गुटबन्दी खडा गर्छ । नेपाल प्रहरीमा बढ्दो राजनीतिक हस्तक्षेप रोक्न गृह प्रशासनले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह विगतमा यस्तै राजनीतिक कुचक्रमा फसेका थिए । सुरुदेखि वरिष्ठता र दक्षता हासिल गर्दै आएका सिंहलाई महानिरीक्षक बन्नबाट रोक्न तत्कालीन एमाले सरकारले विश्व पोखरेललाई ‘चोरबाटो’बाट डिआइजीमा बढुवा गरेको थियो । त्यतिबेला पनि पोखरेलको बढुवालाई लिएर व्यापक विरोध भएको थियो । अहिले डिआइजी बढुवाको त्यही रिपोर्ट लिएर उनी वरिष्ठताको दाबी लिएर सर्वोच्च धाइरहेका छन् ।

नेपाल प्रहरीमा आइजिपी विवादको मुद्दा अदालतमा चलिरहेको छ । एआइजी बढुवाको विषयमा पनि सँगै सुनुवाई हुँदै छ । मुद्दा लड्दै संगठन चलाउनुपर्ने कठिनाइ आइजिपी सिहंलाई छ ।अझ एआइजी र आइजिपीको सम्बन्ध पनि सुमधुर हुन सकेको छैन । गत साताको एआइजी सरुवा तथा पदस्थापनमा असन्तुष्टि देखिएको छ । सिनियर रहेका एआइजी सहकुल बहादुर थापाले त्यसमा असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

अन्य सबै एआइजीको जिम्मेवारी हेरफेर भएपनि उनलाई भने कार्यमै राखिएको थियो । थापाले उपत्यका प्रहरी कार्यालय वा एकेडेमी मागेको स्रोत बताउँछ । तर, सिनियर भएर पनि जिम्मेवारी दिदां भने अन्याय गरेको भन्दै असन्तुष्टि जनाई उनी पनि बिदामा बसेका छन् ।

हालै मात्र बढुवा भएकी पूजा सिंहलाई मानव स्रोत विकास विभागको जिम्मेवारी दिइएको छ । उनी चार महिनाअघि मात्र डीआइजी भएकी थिइन् । एसएसपीबाटै अवकाश पाउन लागेकी सिंहलाई प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर बढुवा गरिएको थियो ।

बढुवालगत्तै प्रदेश प्रमुख भएकी उनी एआइजी भएलगत्तै अर्काे महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् । त्यस्तै सिआइबीमा उत्तमराज सुवेदी र उपत्यकाका रबिन्द्रबहादुर धानुकको जिम्मेवारीलाई उचित भनिएको छ । इमान्दार छवी भएका अरुण बिसीले प्रशासन विभागको जिम्मेवारी पाएका छन् ।

दुई महिनापछि अवकाश पाउन लागेका मुकुन्द आचार्यको प्रहरी एकेडेमीमा पदस्थापन भएको छ । उनको अवकाशपछि त्यहाँ एआइजी थापालाई दिनेगरी फकाइएको स्रोत बताउँछ ।

आइजिपी बढुवामा थापा पनि प्रतिस्पर्धी थिए । अन्याय भएको भन्दै उनी बिदामा बसेको गृहमन्त्री बालकृष्ण खाणले बोलाएर चुनावको बेलामा बिदामा नबस्न आग्रह गरेपछि उनी काममा फर्किएका थिए । अहिले गृहमन्त्रीले आफूलाई धोका दिएको गुनासो थापाले निकटस्थलसँग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]