२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कुटपिट पछी विवादित बनिकी राज्यमन्त्री वलीले एकराजसंग पैसा कारोबार मिलाउन गएको बताइन्

Logo
प्रकाशित बुधबार, आषाढ ०१, २०७९


(ABC=SANCHAR)
बुटवल । दाङ तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले वास्तविकता भने फरक रहेको बताएकी छिन् ।

त्यस्तै उनले आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको बताएकी छिन् । उनका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार थियो । त्यो कारोवार मिलाउनका लागि एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन ।‘एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोवारका लागि म घर गएकी थिएँ’,उनले भनिन्‘फोनमा त कुरा भइरहेको थियो, तर, एक हप्तादेखि भेट हुन सकेको थिएन ।’

यस्तै जेठाजु बीरेन्द्र बस्नेतसहित घर परिवार र छिमेकी आए । उनीहरु आएपछि भित्रबाट घरको गेटमा चुक्कुल लगाए । चुक्कुल लगाएपछि बीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् ।‘विरेन्द्र आएपछि भित्रबाट चुक्कुल लगाए,त्यसपछि नानाथरी गालीगलौज गरे,अपशब्द बोले,एक पटक विरेन्द्र पिट्न पनि उठेक थिए,त्यतिबेला,पिएसओ र मीनाका ससुरा वुवाले छेकेपछि पिट्नबाट रोकिए’, राज्यमन्त्री वलीले भनिन्‘ त्यतिेबला उल्टै मलाई एक करोड हिनामिना गरेको,सुन चोरेकोसम्मको आरोप पनि लगाए ।’

विमलाका अनुसार एकराजकै घर जानुभन्दा केही समय अघिसम्म पनि फोनमा कुरा भइरहेको थियो । जब उनी घरमा पुगिन त्यसपछि एकराजलाई भेटाउन नसकेको मन्त्री विमलाको भनाई छ ।‘जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि, ‘खोइ ! एकराज भनेर सोधेकी हुँ’, विमलाले भनिन्‘ भर्खरै फोन भएको,अहिले पनि सम्पर्क हुँदैन भनेर मैले भनेँ ।’ त्यसपछि एकराजको श्रीमतीले जेठाजु बीरेन्द्र बस्नेतलाई बोलाएको विमलाले बताइन्।

एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको बताइन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ । आफ्नो एकराजसँग मात्रै काम भएकाले त्यही अनुसार त्यहाँ गएको राज्यमन्त्री वलीले बताइन् । एकराजकी श्रीमती मिनाले भने आफू र छोरीलाई कुटपिट गरेको बताएकी छिन् । सोही अनुसार उनीहरुले मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् । अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई बुटवल लगिएको छ । तर, उनी प्रहरी कै निगरानीमा छन् । विमला मन्त्रालयकै गाडी र पिएसओसहित मंगलबार पौने ९ बजेतिर एकराजको घर गएकी थिइन । नयाँ पत्रीका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।