२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं दरबार मार्गको डिस्कोमा कान्ड गर्ने टोले गुन्डा पक्राउ केही गुन्डाहरु फरार

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने ग्याङ सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दरबारमार्गमा एकहप्ता अगाडि टोले गुण्डा ‘कुले’को ग्याङले बालुवाटारका प्रतिकभास्कर सिंहलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको थियो । कुटपिटबाट चोट लागेका सिंहको टाउकोमा ७ वटा टाँका समेत लागेको छ ।

सिंहलाई कुटपिट गरेपछि ‘कुले’सहितका उनको ग्याङ फरार भएको थियो ।

प्रहरी वृत्त दरबारमार्गका प्रहरी प्रमुख (डीएसपी) विश्वराज खड्काले अपराधमा संलग्न ‘कुले’ भन्ने कुलध्वज लामालाई पक्राउ गरेर कारबाही शुरु गरिएको जानकारी दिए ।

‘दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट र अपराधमा संलग्नहरूको खोजीमा केही ढिला भयो’, उनले भने, ‘प्रहरीसँग अपराध गरेर भागेकाहरू धेरै दिन लुकेर बस्न सक्दैनन् । ढिलोचाँढो पक्राउ गरेर कारबाही गरेरै छाडिन्छ ।’

स्रोतका अनुसार डीएसपी खड्काले अपराध गरेर भागेका ‘कुले’सहितका समूहलाई जहाँ देख्यो त्यही कडा कारबाही गर्ने र आवश्यक पर्दा गोली समेत चलाउन सक्ने चेतावनी दिएका थिए । चेतावनीपछि डरले थरथर भएका टोले गुण्डा ‘कुले’ दुलोभित्रबाट बाहिर निस्कनेवित्तिकै दरबारमार्ग प्रहरीले च्याप्प पारेको छ ।

प्लाटिनम डिस्कोका प्रमख दोषी ‘कुले’ रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । तर, प्रहरीले सो घटनामा को–को संलग्न थिए भनेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्लाटिनम डिस्कोको घटनामा संलग्न तथा फरार रहेकाहरूको खोजी कार्य जारी रहेको डीएसपी खड्काले बताएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख (एसएसपी) सुदीप गिरीले दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गर्ने समूहलाई हदैसम्मको कारबाही हुने बताएका छन् । उनले भने, ‘केही दोषी व्यक्ति पक्राउ परेका छन् । दरबारमार्गको डीएसपी’सबलाई के–के भइरहेको छ सोध्नुस् । दोषीलाई हदैसम्मको कारबाही हुन्छ । अपराधीले छुट पाउँदैन । शान्ति सुरक्षा बनाउने विषयमा कसैसँग सम्झौता हुँदैन ।’

कुटपिटमा संलग्न सञ्जय लामा फरार छन् । सञ्जयलाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

टोले गुण्डा ‘कुले’ र उनको ग्याङ गुण्डा नाइके दावा लामाको समूहका सदस्यहरू हुन् । दावा लामा लकडाउनको समयमा सुटुक्क नेपाल छिरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]