२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो हो तर सैन्य समझदारीका लागि होइन !

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् ।

शुक्रबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भूकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् ।

त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको पनि जानकारी दिँदै पछि २ वटा पत्र पनि लेखेको बताए । ‘अमेरिकाको एउटा राज्यले नेपालको प्राकृतिक विपदमा मानवीय सहायता ल्याउने हिसाबले लेखिएको पत्र हो । पत्र नेपाल सरकारको परराष्ट्र नीति विपरीत लेखिएको छैन’, सेनाप्रमुख शर्माको भनाइ छ ।

तत्कालीन अवस्थामा कुनै सैन्य रणनीतिमा संलग्न नभई पत्र लेखिएको शर्माको भनाइ छ । उनले पछि अमेरिकाले इन्डो प्यासिफिक रणनीतिमा जान लागेपछि सरकारलाई एसपीपीबाट फिर्ता हुन सरकारलाई पत्र लेखेको बताए ।

उनले सरकारलाई लेखेको सो पत्र देखाउने पनि बताए । ‘नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैन सेना त्यसको विपक्षमा रहेको छ’, उनले एसपीपी कार्यक्रमबाट कुनै हतियार, बमबारूद र पैसा नआएको पनि जनाए । ‘मानवीय सहयोगका लागि ४ वटा जहाज मात्र आएको छ’, शर्माको भनाइ छ ।

अहिले सार्वजनिक भएको १० बुँदे सम्झौता झुटो रहेको र त्यो अहिलेसम्म नआएको भन्दै शर्माले सेनाले जहिले पनि सरकारसँग छलफल गरेर मात्र काम गर्ने गरेको प्रस्ट पारेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]