२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

देशद्रोही’ गतिविधिमा विश्वराज पोखरेल आइजीपी बन्न भाजपा नेतासंग भेटघाटमा

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले प्रहरीको आइजीपी बन्न छिमेकी मुलुक भारतका विभिन्न शक्ति केन्द्रलाई गुहारेको पाइएको छ । नेपाल प्रहरीको महानिरिक्षक नियुक्तीको आन्तरिक गृहकार्य चलिरहँदा उनी भने गत पौषमा भारत पुगेका थिए ।

पूर्व मन्त्री तथा भारतीय संस्थापन पक्ष निकट अमेरेश सिंह मार्फत भारत पुगेका उनले त्यहाँ भारती जनता पार्टीका नेताहरुलाई भेटेको तस्विर फेला परेको छ । गत वैशाख १८ गते सरकारले उनकै ब्याची धिरज प्रताप सिंहलाई प्रहरी महानिरिक्षक नियुक्त गरेपछि उनी सर्वोच्च अदालतमा मुद्दा गर्न पुगेका थिए । निर्वाचन र विषम राजनीतिक परिस्थितिबीच एक महिने लामो विदा लिएर मुद्दा लडिरहेका पोखरेल स्वयंले भने आफूभन्दा सबै सिनियर अधिकारीको बरियता मिचेर बढुवा भएका थिए । तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा एमालेको बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निगाहमा बरियता मिच्दै एआइजीसम्म पुगेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले भने उनको शंकाष्पद बढुवामा रोक लगाएको थियो ।

सरकारले आइजी नियुक्ती गर्नुअघि नै भाजपाका नेता मार्फत पोखरेलले राजनीतिक दबाव दिएको उच्च स्रोतले बताएको छ । ‘नेपाल प्रहरीको आइजी बन्न भारतीय नेताको फेरो समाउनु लज्जास्पद छ । यसले हाम्रो देशको गरिमालाई नै धक्का दिन्छ,’ एक डिआइजी भन्छन्,‘नेपाली जनताको करबाट पालिनु पर्ने हामी जनताका सेवक यसरी भारतीय नेताको चाकडीमा लाग्नु अक्षम्य हो ।’

यस्ता गतिविधि देशद्रोह हो, यस्ता व्यक्तिलाई चिफ बनाउनु अक्षम्य अपराध हो : पूर्वएसएसपी योगेश्वर रोमखामी

नेपाल प्रहरीका अवकाश प्राप्त एसएसपी योगेश्वर रोमखामीले पोखरेलको गतिविधिलाई देशद्रोहको संज्ञा दिए ।

विहान उठेदेखि दिनभर र रातमा समेत नेताको कोठा चाहार्ने तर नेपाल प्रहरीलाई पङ्गु बनाउने काम उहाँले गर्नु भयो । नेपाल प्रहरी पंगु हुनु भनेको देश नै पङ्गु बन्नु हो । प्रहरी बलियो भयो भने देश बलियो बन्छ,’ उनले भने,‘ नेपालको असंलग्न परराष्ट्र निती कार्यान्वयन गर्ने अंग पनि नेपाल प्रहरी हो । नेपालमा असंलग्न परराष्ट्र नीतिको विरोधमा कुनै पनि विदेशीले गतिविधि गर्छ भने नेपाल प्रहरीले ठेगान लगाउनुपर्छ । त्यो हुने वित्तिकै नेपाल बलियो राष्ट्र बन्छ । तर, कुनै पनि प्रहरी अधिकारीले विहान नेताको चाकडी गर्ने दिनभर नेताकै घरदैलोमा जाने र रातमा कोठासम्मै पुग्ने गतिविधि गर्नु अपराध हो । यदि कुनै पनि विदेशी सामु पुगेर मलाई पद दिलाइदेउ भन्छ भने देशद्रोही हो । त्यस्ता व्यक्ति कुनैपनि हालतमा नेपाल प्रहरीको चिफ हुनहुन्न ।’

सरकारले प्रहरी प्रमुखका धिरज प्रताप सिंहलाई नियुक्त गरेर व्यावसायीकता देखाएको उनको भनाई छ ।
दियो=पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]