
(ABC=SANCHAR)
दाङ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो ।
पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ ।
मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए ।
केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन ।
२०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही समयपहिले सम्पन्न भएको थियो ।
निर्माणाधीन क्रममा बाढीले पुल भत्काएपछि नयाँ डिजाइनमा पुनःनिर्माण गरिएको थियो ।