२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इप्रका जमुनाह प्रहरीले ब्राउन सुगरसहित दुई जना पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगन्जको जमुनाहबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा १ कौसलीया नगर बस्ने ३० वर्षीय प्रकाश रोकाय तथा , मुगु छ्यानाथ रारा नगरपालिका वडा ३बस्ने ३० वर्षीय श्रीबहादुर खडका रहेका छन् ।

जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा प्रकाश को मलद्वरमा लुकाएर रखी आन्दजी २ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँके को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]