२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रथम समादेशक कार्यशाला गोष्ठी सुरु

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को आयोजना
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा मंगलबार दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’ को आयोजना गरिएको छ ।

उक्त कार्यशाला गोष्ठीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा एआईजी पौडेलले भविष्यमा संचालन हुने विभिन्न तालिम, संगठनको नीति तथा कार्यादेश अनुसार राज्यबाट सुम्पिएको जिम्मेवारी पूरा गर्न जनशक्ति व्यवस्थापन, प्रभावकारी परिचालन, नविनतम् सुरक्षा चुनौतीको सामना गर्न आवश्यक पर्ने तालिम, तालिमको पाठ्यक्रम, तालिमको लागि आवश्यक पर्ने पूर्वाधार, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको व्यवस्थापन तथा स्तरोन्नती, मुल्यांकन तथा प्रशिक्षण विधिहरु समयानुकुल परिमार्जन गर्न गहन छलफल गरिने समेत बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!