२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लुम्बिनी प्रदेशका स्वास्थ राज्यमन्त्री वलीको घटना छानबिन टोली दाङमा आईपुयो..

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९

(ABC=SANCHAR)
दाङ । लुम्बिनी प्रदेशको राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका-५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ आएको हो । समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलगायत रहेका छन् ।

उक्त टोलीले घटनाबारे छानविन गर्न बुधबार तुलसीपुरको मेट्रो होटलमा प्रहरी र पीडित परिवारका सदस्यसंग जानकारी लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरज बहादुर स्वारले बताए । समितिले घटनाबारे छानबिनपछि प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठकमा पेश गर्ने समितिका संयोजक सञ्चार मन्त्री शर्माले बताए ।

राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमतीसंग हातहालाहालको अवस्था सिर्जना भएको बताइन् ।

एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]