०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

लुम्बिनी प्रदेशका स्वास्थ राज्यमन्त्री वलीको घटना छानबिन टोली दाङमा आईपुयो..

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९

(ABC=SANCHAR)
दाङ । लुम्बिनी प्रदेशको राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटनामाथि छानबिन गर्न प्रदेश सरकारले गठन गरेको टोली दाङ आएको छ । राज्यमन्त्री वलीले गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका-५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गरेकी थिइन् ।

सोही घटनाबारे छानबिन गर्न बनेको समितिको टोली मंगलबार राति नै दाङ आएको हो । समितिको संयोजकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीलगायत रहेका छन् ।

उक्त टोलीले घटनाबारे छानविन गर्न बुधबार तुलसीपुरको मेट्रो होटलमा प्रहरी र पीडित परिवारका सदस्यसंग जानकारी लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरज बहादुर स्वारले बताए । समितिले घटनाबारे छानबिनपछि प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद बैठकमा पेश गर्ने समितिका संयोजक सञ्चार मन्त्री शर्माले बताए ।

राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमतीसंग हातहालाहालको अवस्था सिर्जना भएको बताइन् ।

एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]