२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीमा नयाँ इतिहास ४ महिला एकैपटक डीआईजीमा बढुवा

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले बढुवामा परेकै ब्याचबाट एआईजी बन्ने प्रहरी अधिकारी आईजीपी बन्ने छन् ।

डीआईजी बढुवाका लागि सिफारिसमा पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर पहिलो र दोस्रो नम्बरमा प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई छन् । राई एसएसपी हुँदा पनि सोही वरियतामा थिए ।

यसैगरी, तेस्रो नम्बरमा अशोक सिंह, चौथौ नम्बरमा दीपक थापा, पाँचौंमा श्यामलाल ज्ञवाली, छैटौंमा किरण बज्राचार्य, सातौंमा सन्दिप भण्डारी, आठौंमा सुदिप गिरी बढुवा सिफारिसमा परेका छन् । गिरी हाल काठमाडौं प्रहरी प्रमुख छन् ।

गृह मन्त्रालय बढुवा सिफारिस समितिको सिफारिसअनुसार नवौं नम्बरमा मिरा चौधरी, दसौंमा टेकबहादुर तामाङ, एघारौंमा उमेशराज जोशी छन् । जोशी उपत्यका ट्राफिक प्रहरी प्रमुख छन् ।

त्यस्तै, १२औं नम्बरमा भिमप्रसाद ढकाल, १३औंमा रामदत्त जोशी, १४औंमा पोषराज पोखरेल, १५औंमा बुद्धिराज गुरुङ, १६औंमा दुर्गा सिंह र १७औंमा किरण राणा बढुवा सिफारिसमा परेका छन् ।

डीआईजीमा बढुवाका लागि सिफारिसमा परेका कुँवर १३औं नम्बरबाट छलाङ मार्दै एकैपटक पहिलो नम्बरमा उक्लिएका हुन् । उनी प्रहरी उपरीक्षक (एसपी) बढुवा हुँदा पाँचौं र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा हुँदा छैटौं नम्बर र प्रहरी निरीक्षकका रूपमा नियुक्त हुँदा पहिलो नम्बरमै थिए ।

त्यस्तै, एसपीबाट एसएसपी हुँदा पहिलो नम्बरमा बढुवामा परेका भण्डारी भने डीआईजी बढुवा सिफारिसम पर्दा ६ स्थानपछि पर्दै ७औंमा परेका छन् ।

यसपटक नेपाल प्रहरीमा एकैपटक चार महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् । प्रहरीमा यसअघि एकैपटक दुईजना महिला अधिकृत डीआईजी बनेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]