२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेपाल प्रहरीका २४ प्रहरी सम्पर्कविहीन ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९



ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकसहित २४ जना प्रहरी सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले एक सूचना जारी गर्दै सम्पर्कविहीन बनेका २४ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ ।

सूचनामा उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!