२४ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने २ युनिटको आईजिपी सिंह निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीको अपराध अनुसन्धान र सुरक्षामा विशेष महत्व राख्ने दुई इकाईको निरीक्षण भ्रमण गरेका छन् ।

महानिरीक्षक सिंहले प्रहरीको केनाइन कार्यालय (तालिमप्राप्त कुकुर) र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्टाछुट्टै निरीक्षण गरेका हुन् ।

प्रहरीले अपराध अनुसन्धान र अति विशिष्ठ सुरक्षामा प्रयोगगर्ने तालिमप्राप्त कुकुरहरुको तालिमदेखि सातै प्रदेशमा व्यवस्थापनको कार्य केनाइन कार्यालयले गर्नेगर्छ ।

केनाइन कार्यालय निरीक्षणको क्रममा महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएको प्रहरीको समाचार शाखाले जनाएको छ ।

महानिरीक्षक सिंहले जटिल अपराधहरुको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्वपूर्ण रहेको बताएका थिए । उनले अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयको काम र योगदान महत्वपूर्ण रहेको बताएका थिए ।

उनले कार्यालयको निरीक्षणको उद्देश्य यहाँको भौतिक पूर्वधारको साथै कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझ उन्नत बनाउन पहल गर्नु भएको जानकारी मातहतलाई दिए ।

केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा देउती गुरुङले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरुबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो ।

यसैगरी नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले विविध विषयका प्रयोगशालाहरु अवलोकन गर्नुका साथै प्रयोगशालाबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिएका थिए ।

निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरहेको अहिलेको अवस्थामा सबुद प्रमाणित गर्न प्रयोगशालाको योगदान महत्वपूर्ण हुने बताए । प्रयोगशालालाई आधुनीकिकरण गर्न नयाँ प्रविधि र जनशक्ति विकासमा जोड दिइने उनले उल्लेख गरे।

कार्यक्रममा उक्त प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश कुमार सिंहले प्रयोगशालाको गतिविधि, चुनौती तथा समस्याहरु एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

दुवै कार्यालय निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काठमाडौं । अस्ति एउटा भिडियो देखेको थिएँ—जहाँ उनले आफूलाई सलामी दिन आएका सुरक्षाकर्मीलाई पहिले आफैले सलाम गर्दै थिए। त्यो दृश्य सामान्य लाग्न सक्छ, तर त्यसले देखाएको सम्मान असाधारण थियो। अर्को दृश्य पनि देखियो—आफ्नो सुरक्षासहितको गाडी रोकेर उनी ट्राफिक प्रहरीसँगै उभिएर सवारीसाधनको आवतजावत मिलाउँदै थिए। कसैलाई यो “स्टन्ट” जस्तो लाग्न सक्छ। तर वास्तवमा यस्ता साना व्यवहारहरूले […]

error: Content is protected !!