२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको इतिहास (२०७) सालमा नेपाल पुलिस फोर्स गठन भएको थियो

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपालमा शान्ति तथा सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्तिसुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अंग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । चन्द्र शमशेरकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वारा, थाना तथा चौकीहरू स्थापना गर्न उनले विभिन्न सवालहरू जारी गराए ।

सन् १९१९ (वि.सं. १९७६ पुस) को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्तिसुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतु जिल्ला पुलिस इन्स्पेक्टर सवाल जारी गरे । यस सवालले काठमाडौं उपत्यकामा शान्तिसुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वारा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरियो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक-एक खडा गरिए । बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए ।

नेपाल पुलिस फोर्स गठन

२००७ सालको क्रान्तिपश्चात् नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाइहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो । तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरीक्षकका (आईजीपी) रूपमा नियुक्त भएका थिए । सन् १९५५ मा प्रहरी व्यवस्थामा विद्यमान कमजोरीलाई हटाई यसलाई संगठनात्मक रूपमा सुदृढ पार्न तत्कालीन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो । यसको सुझावको आधारमा सन् १९५५ (वि.सं. २०१२)मा प्रहरी संगठनलाई नेपाल पुलिस फोर्सको रूपमा वैधानिक स्वरूप प्रदान गरियो ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय काठमाडौं महानगरपालिकास्थित नक्सालमा रहेको छ । यो कार्यालय नेपालको आन्तरिक शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्नेका लागि नेपाल सरकार गृह मन्त्रालयको मातहतमा केन्द्रीय स्तरमा कार्य गर्दछ । अन्य सम्पूर्ण प्रहरी कार्यालयहरू प्रहरी प्रधान कार्यालयको मातहतमा रहने भएकाले यसको बनोट एकातर्फ नियन्त्रक तथा निर्देशक इकाइको रूपमा रहेको छ भने अर्कोतर्फ समन्वयात्मक इकाइको रूपमा पनि रहेको छ । यस अर्थमा यसले प्रहरी संगठनको सम्पूर्ण प्रशासन, व्यवस्थापन, परिचालन एवं प्रवाह जस्ता आवश्यकीय कार्य गर्दछ । साथै, सुपरिवेक्षणको काम पनि गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]