२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तुको शुद्धोधन गाउंपालिका बजेट ५३ करोड ९० लाख २२ हजार

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

(धर्मेन्द्र कुमार कुर्मी)
विजयनगर । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ । सातौं गाउँसभामा उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले उक्त बरारबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सोमध्ये चालु प्रशासनिक खर्च ९ करोड पुँजीगत खर्च २२ करोड ९६ लाख २२ हजार र वित्तीय व्यवस्था अर्थात सशर्त अनुदान २१ करोड ९४ लाख रहेको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम सर्वसम्मतले पास भएको थियो ।
अध्यक्ष चौधरीले मावि तहमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क साइकल वितरण, गर्भवती सुत्केरी महिलाहरुलाई अध्यक्ष कोशेली कार्यक्रम जस्ता कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

साथै अध्यक्ष चौधरीले कृषि, पशु, स्वास्थ्य शिक्षा, वन वातावरण, पर्यटन जस्ता क्षेत्रमा पनि उल्लेखनीय नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेको संचालनमा सम्पन्न सभामा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले पेश गरेका विभिन्न निर्णय पारित गर्दैसभा सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]