२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

ठेकेदारको चरम लापरबाही कालोपत्रे भएको सडक २ हप्ता नबित्दै चर्कियो

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९


(धर्मेन्द्र कुमार कुर्मी)
कपिलवस्तु बिजयनगर गाउँपालिकामा कालोपत्रे भएको सडक दुई हप्ता नबित्दै चर्किएको छ । गाउँपालिकाको वडा नम्बर ३ मयनारीदेखि महदेइयासम्म बनेको कालोपत्रे सडक चर्किएको स्थानीयले बताएका छन् । देउराली इन्जिनियरिङ्ग कम्पनी काठमाण्डौँले सडक निर्माणकाे ठेक्काको पाएको थियो ।

निर्माण व्यवसायी कम्पनीले २०७८ पुस ५ गते सम्झौता गरेको र सम्पन्न मिति २०७९ जेठ २९ गतेसम्म रहेकाे थियो । उक्त कालाेपत्रे निर्माण व्यवसायी कम्पनीले ५७ लाख ९० हजार १ सय ३१ रुपैयाँकाे बजेटमा निर्माण भएकाे जनाएकाे छ । कालोपत्रे सम्पन्न मितिले दुई हप्ता नबित्दै विभिन्न ठाउँहरुमा सडक चर्किएर भत्किएको पाइएको छ
स्थानीय सुरज मिश्रले ठेकेदार र अनुगमनकर्ताकाे लापरबाहीले मापदण्ड दण्ड अनुसार सडक कालाेपत्रे नभएको गुनासो गर्नुभयाे । उहाँले सडक निर्माण भइरहँदा बेलैमा खबरदारी गरेकाे तर ठेकेदार कम्पनीले मनाेमानी ढंगले कालाेपत्रे गर्दा सडक चर्किएको बताउनुभयाे । मिश्रले भन्नुभएको; ‘याे कालोपत्रे सडक निर्माणमा व्यापक भ्रष्टाचार भयाे । जनताकाे पैसाले यसरी भ्रष्टाचारीहरुले लुटतन्त्र मच्चाइरहेका छन् । सम्बन्धित निकाले बेलैमा निगरानी र अनुगमन गरेकाे भए गुणस्तरीय हुन्थ्यो’ । उहाँले ठेकेदारले ठुलो बदमासी गरेकाे आराेपसमेत लगाउनुभयाे ।
यस्तै अर्का स्थानीय सद्दाम हुसेन बढईले चर्केर भत्किएको कालाेपत्र सडक फेरि निर्माण व्यवसायीले बनाउनुपर्ने माग गरेका छन् । स्थानीयले निर्माण हुने बेलामै सडक गुणस्तरीय नभएको भन्दै अवराेध गरे पनि ठेकेदारले मापदण्ड अनुसार नै सडक निर्माण भईरहेकाे भन्दै झुठो बाेलेर जनताकाे आँखामा छारो हालेर सडक निर्माण गरेकाे उहाँ भनाइ छ । उहाँले पुरै निर्माण भएकाे सडकको छेउछेउमा चर्किएर भत्किएको बताउनु भयाे । उहाँले भन्नुभयो; ‘यस्तै भ्रष्टचार हुने हाे भने कहिले जनताले विकास भएकाे महसुस गर्नेछन् ? सम्बन्धित निकायलाई तुरुन्त फेरि अनुगमन गर्न अनुरोधसमेत गर्नुभयाे ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!