२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

ABC-SANCHAR
काठमाडौं । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।

 

छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् । राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ ।

न्याय परिषदका सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिले न्याय परिषद ऐन, २०७३ बमोजिम जाँचबुझ गरी कार्य प्रारम्भ गरेको मितिले पैंतालिस दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । सो समयसम्म प्रतिवेदन पेश गर्न नसक्ने अवस्था भए परिषद्ले अवधि थप गर्न सक्ने समेत व्यवस्था रहेको छ ।

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!