२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दियाको राजापुर नगरपालिकामा सम्पन्न भयो सार्वजनिक सुनुवाई

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९


(महेन्द्र सिंह)
बर्दिया । राजापुर नगरपालिका सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो ।

नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगञ्जको सहयोग र मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजनामा पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारुको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, बिषयगत शाखाका प्रमुख, सरोकारवाला र पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीले नगरपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।

यस्तै सहभागी कर्मचारीहरुले ५ बर्षिया कार्यकालमा सार्वजनिक सुनुवाई हुन नसक्नु दुख्दा रहेको बताउदै अब नियमित रूपमा सार्वजनिक सुनुवाई गर्नका लागि बजेटको व्यवस्था गर्न मेयरलाई सुझाव दिएका थिए ।

यस्तै सहभागीहरुको प्रश्नको जवाफ दिदै मेयर थारुले प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रके सहजिकरण गरेर नगरपालिकामा बृहत सार्वजनिक सुनुवाई गर्न मार्गदर्शन प्रदान गरेको प्रति आभार प्रकट गर्दै अब नगरपालिकामा ४/४ महिनामा सार्वजनिक सुनुवाईको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण अधिकारकर्मी एंव पत्रकार आलम खानले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]