२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

सशस्त्र प्रहरीको गुल्मपति तथा स्टाफ तालिम र व्यवस्थापन तालिम संचालन

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सोमबारदेखि सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) र सि.सं १ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) संचालन भएको छ ।

सो तालिमहरुको राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले एक कार्यक्रमका बीच पानसमा द्धिप प्रज्वलन गरी प्रथम प्रवचन गरे ।

त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुले तालिमलाई एउटा महत्वपूर्ण सिक्ने अवसरको रुपमा लिनुपर्ने बताउदै यस्ता व्यावसायिक तालिमले सुरक्षाकर्मीहरुलाई चुस्त, दुरुस्त, अनुशासित र ईमान्दार बनाई राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी वहन गर्दै उत्कृष्ट ढंगले कार्यसम्पादन गर्नसक्ने सक्षम अधिकृत उत्पादनमा विशेष सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

१२ हप्ता अवधिको सिसिएससी तालिममा ३२ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् भने ५ हप्ता अवधिकोे प्रशासनिक व्यवस्थापन तालिममा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र २७ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल ३२ जना अधिकृतहरुको सहभागिता रहेको छ।

सिसिएससी तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, बिभिन्न ऐन नियम, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरु तथा प्रशासनिक व्यवस्थापन तालिममा कार्यालय व्यवस्थापन प्रणाली, सशस्त्र प्रहरी बल नेपालको संरचना, चिठीपत्र, संचार, माईन्यूटीङ अभिलेख व्यवस्थापन, गुनासो व्यवस्थापन, काउन्सिलिङ्ग लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञ प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने त्यस अवसरमा जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]