२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

अविरल वर्षासँगै आएको बाढीका कारण मोरङ र झापामा ठुलो बस्ती डुबानमा

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९


ABC-SANCHAR
काठमाडौं । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए ।

झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् ।

मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ घर भएका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको थियो ।

प्रदेश–१ मा धनकुटा, सुनसरी, मोरङ र उदयपुरमा पहिरोका कारण सड्क अवरुद्ध भएको छ । भित्रि सडकहरू अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको एसपी राईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!