२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन ढुवानी बन्द गर्न बंगलाचुली गाउँपालिकाद्वारा रोक

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९


ABC-Sanchar
दाङ । विभिन्न सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् तथा ढुवानीका विषयमा भएको पछिल्लो घटनाक्रमहरु प्रति बंगलाचुली गाउँपालिकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सिमेन्ट उद्योगहरुले बंगलाचुली गाउँपालिकामा विभिन्न मितिमा गरेका निर्णय तथा जिल्ला प्रशासन कार्यालय घोराही दाङमा चैत्र १ गते सिमेन्ट उद्योगका प्रतिनिधिहरु सहित बसेको बैठकमा भएका निर्णय कार्यान्वयन नगरी फेरी पुरानै अवस्थाबाट चुनढुंगा बोक्ने टिपर चलाउन थालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले आज एक विज्ञप्ति जारी गर्दै मदन भण्डारी मार्गको तापा चोकदेखि खानीसम्म जोड्ने ४ किलोमिटर पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथ सहित कालोपत्रे गर्ने कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने,बंगलाचुली गाउँपालिकाले सिफारिस गरेका आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थान मध्ये बढिमा ६०० मिटर सडक कालोपत्रे गर्ने,सिमेन्ट उद्योगले धुलो नियन्त्रका लागि अन्य आवश्यक उपायहरु अबलम्बन गर्ने,यस अघि भएका सम्झौताहरुको तत्काल कार्यान्वयनमा प्राथमिकता दिन सचेत गराउनुभएको छ ।

गाउँपालिकाले उद्योगको लागि बैकल्पीक मार्गको विषयमा गम्भिरता पूर्वक कामहरु अगाडी बढाईरहेको साथै यही जेष्ठ २५ गते उद्योगका प्रतिनिधिहरु सहित गाउँपालिकमा बसेको सर्वदलिय, सर्वपक्षिय भेलाले उद्योगले गरेका प्रतिवद्धताहरु तत्काल पुरा गर्नुपर्ने निर्णय भएको स्मरण गराउँदै बंगलाचुली गाउँपालिकासंग सम्पर्क र समन्वय नै नगरी बलजफ्तीरुपमा खानी संचालन गर्नु उचित नहुने भन्दै टिपर संचालनमा रोक लगाएको छ । हिजोमात्रै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले आजबाट खानी क्षेत्रमा टिपर चलाउन दिने सहमति गरेको थियो । उक्त, सहमति बंगलाचुली गाउँपालिकाले नमान्ने पनि स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!