२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन ढुवानी बन्द गर्न बंगलाचुली गाउँपालिकाद्वारा रोक

Logo
प्रकाशित बुधबार, आषाढ १५, २०७९


ABC-Sanchar
दाङ । विभिन्न सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् तथा ढुवानीका विषयमा भएको पछिल्लो घटनाक्रमहरु प्रति बंगलाचुली गाउँपालिकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सिमेन्ट उद्योगहरुले बंगलाचुली गाउँपालिकामा विभिन्न मितिमा गरेका निर्णय तथा जिल्ला प्रशासन कार्यालय घोराही दाङमा चैत्र १ गते सिमेन्ट उद्योगका प्रतिनिधिहरु सहित बसेको बैठकमा भएका निर्णय कार्यान्वयन नगरी फेरी पुरानै अवस्थाबाट चुनढुंगा बोक्ने टिपर चलाउन थालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले आज एक विज्ञप्ति जारी गर्दै मदन भण्डारी मार्गको तापा चोकदेखि खानीसम्म जोड्ने ४ किलोमिटर पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथ सहित कालोपत्रे गर्ने कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने,बंगलाचुली गाउँपालिकाले सिफारिस गरेका आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थान मध्ये बढिमा ६०० मिटर सडक कालोपत्रे गर्ने,सिमेन्ट उद्योगले धुलो नियन्त्रका लागि अन्य आवश्यक उपायहरु अबलम्बन गर्ने,यस अघि भएका सम्झौताहरुको तत्काल कार्यान्वयनमा प्राथमिकता दिन सचेत गराउनुभएको छ ।

गाउँपालिकाले उद्योगको लागि बैकल्पीक मार्गको विषयमा गम्भिरता पूर्वक कामहरु अगाडी बढाईरहेको साथै यही जेष्ठ २५ गते उद्योगका प्रतिनिधिहरु सहित गाउँपालिकमा बसेको सर्वदलिय, सर्वपक्षिय भेलाले उद्योगले गरेका प्रतिवद्धताहरु तत्काल पुरा गर्नुपर्ने निर्णय भएको स्मरण गराउँदै बंगलाचुली गाउँपालिकासंग सम्पर्क र समन्वय नै नगरी बलजफ्तीरुपमा खानी संचालन गर्नु उचित नहुने भन्दै टिपर संचालनमा रोक लगाएको छ । हिजोमात्रै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले आजबाट खानी क्षेत्रमा टिपर चलाउन दिने सहमति गरेको थियो । उक्त, सहमति बंगलाचुली गाउँपालिकाले नमान्ने पनि स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]