२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

निर्वाचनमा उल्लेखनीय भुमिका निर्वाह गर्ने प्रहरीलाई प्रशंसा पत्र प्रदान गर्दै डिआईजी : सिंह

Logo
प्रकाशित बिहिबार, आषाढ १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को सुरक्षा चुनौती,बिश्लेषणको आधारमा बिस्तृत सुरक्षा योजना तयार गरी जनशक्ती परिचालन, व्यवस्थापन र अनुगमनमा कुशल र व्यवसायिक क्षमता प्रदर्शन गरी उपत्यकाको निर्वाचनलाई पूर्ण रुपमा शान्त पार्न उल्लेखनीय भुमिका निर्वाह गर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आज एक समारोहका विच प्रहरी वरिष्ठ उपरिक्षक दुर्गा सिंहज्यूबाट प्रशंसा पत्र प्रदान गरीयो । प्रशंसा पत्र प्राप्त गर्ने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव उपरिक्षक दिनेश घिमिरे , प्रहरी निरीक्षक रामकुमार लामिछाने, प्रहरी नायव निरीक्षक सुनिल पनेरु, प्रहरी सहायक निरीक्षक नविन्द्र दिप थापा, प्रहरी वरिष्ठ हबल्दार कमल कुँवर, प्रहरी जवान जनकराज शर्मा, प्रहरी जवान महेश दत्त वडु, प्रहरी जवान सजनी क्षेत्री र प्रहरी जवान सारङगा खड्का रहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]