२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बिदाको दिनमा प्रशासनको पास बिना सवारी चलाए ट्राफिकले कार्वाही गर्ने सिडियो : रेग्मी

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


(सागर थापा)
दाङ । सार्वजनिक बिदाका दिन सरकारी कार्यालयका सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय दाङबाट पास अनिवार्य लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाए जिल्ला ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एबिसी संचार टिभी संगको कुराकानीमा आफु दाङ आईसके पछी जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई पत्र सहित निर्देशन दिएको बताए ।
जस्तै शनिबार या सार्वजनिक बिदाका दिन बिना अनुमतिको कुनै पनि सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेर जिल्ला ट्राफिकलाई निर्देशन दिएको बताए ।
जिल्लाका सबै स्थानीय तह, सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्बजनिक बिदाको दिनमा (पास) बिना चल्ने कुनै पनि सरकारी कार्यालयको सवारी साधनको हकमा कड़ाई गर्ने तथा तालुक कार्यालयबाट भएको निर्देशन अनुसार ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पार्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]