२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिदाको दिनमा प्रशासनको पास बिना सवारी चलाए ट्राफिकले कार्वाही गर्ने सिडियो : रेग्मी

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


(सागर थापा)
दाङ । सार्वजनिक बिदाका दिन सरकारी कार्यालयका सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालय दाङबाट पास अनिवार्य लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाए जिल्ला ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एबिसी संचार टिभी संगको कुराकानीमा आफु दाङ आईसके पछी जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई पत्र सहित निर्देशन दिएको बताए ।
जस्तै शनिबार या सार्वजनिक बिदाका दिन बिना अनुमतिको कुनै पनि सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेर जिल्ला ट्राफिकलाई निर्देशन दिएको बताए ।
जिल्लाका सबै स्थानीय तह, सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानका सवारी साधनलाई बिदाका दिन अनुमति लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्बजनिक बिदाको दिनमा (पास) बिना चल्ने कुनै पनि सरकारी कार्यालयको सवारी साधनको हकमा कड़ाई गर्ने तथा तालुक कार्यालयबाट भएको निर्देशन अनुसार ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पार्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]