२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको भर्नामा नयाँ नियम लागु लिखित परीक्षा पछि रिक्त हुने पदबराबर भर्ना गरिने

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको भर्नामा नयाँ नियम लागू भएको छ । लिखित परीक्षाको समयमा रिक्त हुने पदबराबर नै अब नियुक्ति हुने भएको छ । यसअघि भर्नाको सूचना प्रकाशित हुँदा जति रिक्त हुन्थ्यो, त्यति मात्र भर्ना गरिन्थ्यो ।

भर्ना प्रक्रियामै करिब एक वर्ष लाग्ने र त्यो अवधिमा हजारौँ पद रिक्त हुने समस्या समाधानका लागि नेपाल प्रहरीले लोकसेवा आयोगसँगको सहमतिमा यससम्बन्धी प्रावधान हेरफेर गरेको हो । जसअनुसार प्रहरी सहायक निरीक्षक (असइ) र जवान पदको भर्नामा माग संख्या आइतबार सूचना प्रकाशन गरी थप गरेको छ ।

गत वर्ष २२ असोजमा खुलाइएको असइ भर्नामा तीन सय ६७ जना माग गरिएको थियो । हाल लिखित परीक्षाको नतिजा प्रकाशनको तयारी भइरहेको छ । नतिजा प्रकाशनअघि ७६ पद रिक्त भएकाले त्यसलाई समेत जोडेर चार सय ४३ जना भर्ना गर्न लागिएको छ ।

त्यस्तै, १० मंसिरमा खुलाइएको जवानको भर्नामा एक हजार नौ सय ७१ माग गरिएकोमा पाँच सय तीन पद थपेर दुई हजार चार सय ७४ पद पु¥याइएको छ । अबदेखि हरेक पदको भर्नामा लिखित परीक्षापछि रिक्त हुने सबै पदमा भर्ना लिइने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । यसले प्रहरीमा अब ठूलो संख्यामा दरबन्दी रिक्त हुने समस्या समाधान हुने उनको भनाइ छ ।

७९ हजार पाँच सय ४१ दरबन्दी रहेकोमा नेपाल प्रहरीमा सधैँजसो करिब १० हजार पद रिक्त हुने गरेको छ । वर्षमा एकपटक मात्र भर्ना हुने र भर्नाको अवधिमा थप ठूलो संख्यामा थप पद रिक्त हुने गरेको छ । संगठनले यो समस्याका कारण जनशक्ति अभावको समस्या झेल्दै आएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]