२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सहकारीको करिब १८ करोड रुपैयाँ हिना मिना गर्ने अध्यक्षसहित ८ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सहकारीका काठमाडौंका चन्द्रागिरी नगरपालालि १७ बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

संस्थाका सञ्चालकले सहकारीको १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ बचत हिनामिना गरेको उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरी अनुसन्धानबाट सदस्यहरुले संस्थामा गरेको रकम हिनामिना गरेको खुलेको छ ।

उनीहरू विरुद्ध प्रहरीले अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । सदस्यबाट उठाएको बचत संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले धितो जमानी नराखी, नक्कली मुद्दती बचत प्रमाण दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गर्ने गरेको देखिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले संस्थाका उपाध्यक्ष विरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, ऋण उपसमिति सदस्य अष्टकुमार महर्जन, लेखा परीक्षक हिमालयराज जोशी र दिपक राना मगरलाई नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालहरु पक्राउ पर्ने क्रम बढेको छ । यसअघि पनि सीआईबीले सहकारीको रकम अपचलन गरेको आरोपमा इच्छाराज तामाङलाई पक्राउ गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो। तामाङ अहिले पुर्पक्षको लागि थुनामामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]