२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

घोराही बासीलाई खानेपानीको अभाव हुन दिन्न अध्यक्ष पदका उम्मेदवार :डिसी

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको यहि असार २५ गते निर्वाचन हुँदैछ । सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि सहमति नहुँदा अन्तत निर्वाचन हुँदै छ ।

निर्वाचनका लागि दुई वटा समूहहरु चुनावी मैदानमा छन् । निर्वाचनको समय नजिकिदै गर्दा प्रचारप्रसारदेखि मतदाता भेटघाटमा उम्मेदवारहरु लागिरहेका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमाेर्चाकाे तर्फबाट घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको अध्यक्षमा उम्मेदवारी दिनुभएका देवीबहादुर डिसीसँग निर्वाचनमा तपाईको उम्मेदवारी किन र केका लागि भनेर प्रश्न गरेका छौ ?

प्रस्तुत छ उहाँसँग गरिएको घोराहीको खानेपानीको वर्तमान अवस्था ? चुनावी एजेण्डा र खानेपानीको अभाव हुन नदिन तपाईले जित्नुभयो भने के गर्नुुहुन्छ भनेर गरिएको कुराकानी ।

तपाईको उम्मेदवारी किन ?

म खानेपानीको क्षेत्रमा आफ्नो लामो समय खर्चि सकेँ । मेरो लगाव, चिन्तन , मेहनत जे छ, अहिले यही पानीकै क्षेत्रमा मात्रै छ । घोराहीका उपभोक्ताहरुलाई सहज तरिकाले पानी खुवाउने मेरो बर्षाैँँ देखिको मेहनत कति सम्म सफल भयो , या कति हुन बाँकी छ ।

यो मैले भन्दा पनि उपभोक्ताहरुले महशुस गरेको कुरा हो । तर म घोराही क्षेत्रमा खानेपानीको सहजताका लागि धेरै मेहनत गरेको छु । अहिलेसम्म घोराही क्षेत्रमा खानेपानी सहज तरिकाले उपलब्ध भैरहेको छ । तर अबको ५ बर्ष पछि घोराहीमा बढ्दो जनसंख्या बृद्धिदरले यहाँ पानीको चरम अभाव हुने सम्भावना छ ।

भोलीको यो सम्भावित खतरालाई टार्नका लागि मैले फेरी घोराही खानेपानीको अध्यक्षमा उम्मेदवारी दिएको हुँ । मैले अरु केही पनि हैन, यहाँका उपभोक्ताहरुले पानी पिउन पाएनौँ भनेर कहिल्यै नभन्न् भन्ने मात्रै मेरो चाहना हो । यहाँका नागरिकहरुलाई पानी खुवाउनका लागि मैले मन बचन र कर्मले जे सक्छु, त्यो गर्छु ।के छ त्यस्तो योजना ?
मैले अघि पनि भनेँ, घोराही खानेपानीले अहिले घोराहीका उपभोक्ताहरुलाई पानी अहिलेसम्म सहज तरिकाले खुवाईरहेको छ । तर अहिलेको यो पानीले घोराही बजारमा बढ्दै गएको घरधुरी जनसंख्यालाई त पुग्ने कुरा हुन्न । फलतःअबको ५० बर्ष सम्म पनि पानी पुग्ने गरि एउटा योजना हामीले स्वीकृत गराएका छौँ । ६५ करोडको यो योजना अन्तर्गत हामीले घोराहीका उपभोक्ताहरुलाई अबकोे ५० बर्षसम्म सहज तरिकाले पुग्ने पानीको व्यवस्थापन गर्न सक्ने छौँ । हामीले अघिल्लो कार्यकालमा यो योजनाको फाईल बुझाएका थियौँ, अहिले यो स्वीकृत भएर आएको छ । फलतः मैले मेरो अहिलेको मेरो उम्मेदवारीलाई यही योजनाको कार्यान्वयनको रुपमा प्रमुख त : हेरेको छु र लिएको छु् । मैले मेरो अब हुने कार्यकालमा यो योजना पुरा गर्न सकुला या नसकुला । तर मैले यसको सुरुवात मात्रै गर्न सके भने पनि पछि नेतृत्वमा आउने अर्को पुस्ताले यसलाई कार्यान्वयको अर्को चरणमा लैजानु हुने छ । यो योजनाको काम मेरो पालमा हुन सक्यो भने कम्तीमा पनि देबी बहादुर डिसीले गरेको काम भनेर पछिसम्मको पुस्ताले पनि मेरो नाम सुन्ने छ ।

मेरो चाहना के मात्रै हो, भने म बाँच्दासम्म घोराहीका उपभोक्ताहरुलाई पानी खुवाउँछु । र उपभोक्ताहरुलाई सहज रुपमा पानी खुवाउनका लागि मैले आफुलाई नेतृत्वमा ल्याउन खोजेको छु । अरु कुरा केहि पनि हैन ।
पानीको स्रोतको अवस्थालाई कसरी बुझ्नु भएको छ ?
अब हेर्नुस् कटुवाखोलाको पानीको भर त्यती छैन । यो खोलाको पानी सुक्यो भने घोराहीका मान्छेहरुले कसरी पानी खाने ? यो खोलाको मात्रै भर पर्ने हो भने भोली घोराहीका मान्छे पानी खान नपाएर मर्ने स्थीति आउँछ । यसका लागि बोरिङखन्नुपर्छ नै ।

घोराही खानेपानीले अहिलेसम्म चार वटा बोरिङ खनेको छ । यी चार बोरिङको पानीले घोराहीको पानीको भार थेगेको छ । तर मैले अघि पनि भने २०६५ को आयोजनाले १५ बर्ष पछिसम्मको अवस्थालाई मेन्टेन गरेको छ । अब यो योजनाले कति बर्षसम्म मेन्टेन गर्न सक्ला ? यसर्थ अब हामीहरुले ५० बर्ष पछिसम्मको अवस्थालाई बिश्लेषण गरेर त्यो खालको बलियो योजना बनाउनु पर्यो भन्ने हाम्रो उदेश्य थियो ।यही योजना मुताबिक ६५ करोडको बृहत खानेपानी आयोजना अन्तर्गत बोरिङ खन्ने, लिफ्टमार्फट ट्यांकीमा पानी सञ्चय गर्नेदेखि पानी प्रशोधन गरेर प्रत्यक उपभोक्ताको धारोमा २४ सै घण्टा शुद्ध पिउने पानीको व्यवस्थापन गरिनु पर्छ र त्यसैका लागि मैले आफु्लाई फेरी नेतृत्व तहमा उभ्याएको छु ।

उपभोक्ताहरुले अहिले समस्या भएको भनेर कतिको गुनासो सुन्न पर्छ ?

अहिले त्यस्तो छैन । उपभोक्ताहरुले पानी पाएनौँ, पानी अभाव भयो भनेर भन्नुपर्ने स्थीति हैन । तर के हो भने विभिन्न सडक निर्माण, नाला निर्माणका नाममा खानेपानीको पाईप काटिन्छन् । त्यो बेला उपभोक्ताहरुलाई खानेपानीको समस्या भने पर्छ । त्यो बेलामा हामीहरुले त्यस्ता उपभोक्ताहरुलाई निशुल्क रुपमा पानी खुवाएका पनि छौँ ।

पानी खाए वापत शुल्क तिर्ने उपभोक्ताहरुलाई पानीको समस्या पर्यो वा पानी खान नपाउने भन्ने हुन्छ ? त्यस्ता उपभोक्ताहरुलाई मैले नै घरमै पानी पुर्याएर खुवाएको छु । बिकासका नाममा खानेपानीको आयोजनामा हुने क्षेतीले बेला बेला समस्यामा पार्छ तर अरु बेला भने उपभोक्ताहरुले पानी खान नपाएको वा नपुगेको भने । गुनासो गर्ने ठाउँ त अरु छैन ।

पाईप काटिँदा पाउनुपर्ने दुखका कुरा सुनाउनु भयो, किन यहाँहरुको समन्वय नभएको हो ?

मैले एउटा पुरानो जानकारी दिन्छु । नगरपालिकासंग एक पटक बिकास निर्माणका लागि आयोजना बनाउने निकायहरुसंग छलफल भयो । त्यो बेला कार्यकारीक अधिकृत हरिप्रसाद पाण्डे हुनुहुन्थ्यो । त्यो बेला सहमती के भएको थियो भने कुनै पनि टोल, वडाको बिकास निर्माणको काम गर्दा घोराही खानेपानीसंग पनि समन्वय गर्ने भन्ने थियो ।

यसको मतलव के थियो भने बिकासका नाममा ड्याम्म डोजर लगाउँदा खानेपानीको पाइप कट्न सक्छ । अनि उपभोक्ताहरुले पानी खान नपाउने अवस्था बन्छ । यो राम्रो सहमती पनि थियो । तर यो सहमती कार्यान्वयन भएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]