०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

प्रधानमन्त्री शेर बहादुर देउवाले दिउँसो ३ बजे बोलाए मन्त्रिपरिषद बैठक

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् ।

सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो । सोमबार जसपाबाट कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका थिए ।

यसअघि जसपाबाट कृषि मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्रीमा रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव थिए।

सोमबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण र कार्यभार सम्हाल्ने कार्यक्रम हुँदा मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । मंगलबार नयाँ मन्त्रीसहित मन्त्रिपरिषद बैठक बस्न लागेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]