२९ माघ २०८१, मंगलबार
11-02-2025 , Tue
×

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रका भाइ प्रभुशमशेर प्रहरीको निगरानीमा

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
काठमाडौं । सिभिल सहकारीको ठगी मुद्दाको घुस लेनदेनको अडियो प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेर जबरा पनि छानबिनमा तानिएका छन् । न्याय परिषद्ले गरेको प्रारम्भिक छानबिनमा यसमा मध्यस्तकर्ताका रुपमा प्रभुशम्शेर देखिएका छन् । जसकारण उनलाई निगरानीमा राख्न प्रहरीलाई जानकारी गराइएको छ ।

आठ अर्बको ठगी प्रकरणमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छाड्न त्यतिबेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच डिल भएको अडियो सार्वजनिक भइसकेको छ ।

जसमा प्रधानन्यायाधीश राणामार्फत आफुले जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई भन्न लगाउने कुरा पोखरेलले गरेका थिए । पोखरेल राणानिकट व्यक्ति थिए । त्यस विषयमा पोखरेलले प्रभु शमशेरसँग समेत कुराकानी गरेको स्रोत बताउँछ । पोखरेल र प्रभु दुवै जना प्रधान्यायाधीशविरुद्धको आन्दोलनलाई निष्क्रिय बनाउने गोप्य टिममा थिए ।

 

राणा र उनको गिरोहमाथि यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानबिन चलिरहेको छ । विभागले प्रभु शमशेरलाई समेत छानबिनको दायरामा तानेको छ । राणा प्रधानन्यायाधीश भएपछि उनले अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेका थिए । नयाँ बानेश्वरको आइप्लेक्स मल उनकै हो । अन्य दर्जनौं ठाउँमा घर जग्गा जोडेका छन् ।

जबकि त्यसअघि उनी टाट पल्टिने अवस्थामा पुगेका थिए । सर्वाेच्च अदालतमा ठूला मुद्दाको सेटिङमा राणा आबद्ध थिए । आइप्लेक्स मलमै बसेर मुद्दा जिताइदिने भन्दै उनले बार्गेनिङ गरेको उजुरीसमेत परेका छन् । उनी विदेश भाग्न सक्ने भएकाले रोक्नका लागि समेत मौखिक रुपमा प्रहरीमा जानकारी आएको प्रहरी उच्च स्रोत बताउँछ ।

न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा छानबिन समिति बनेको छ । समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग समेत बयान लिने तयारी गरेको स्रोत बताउँछ ।उता, अधिवक्ता पोखरेल भने फरार भएका छन् । रातारात कार्यालयसमेत सारेका उनी बयान दिन नजाने रणनीतिमा छन् । निलम्बित प्रधानन्यायाधीश राणालगायतलाई जोगाउन उनी फरार भएका हुन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’ उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए। गत बिहीबार नेकपा […]

error: Content is protected !!