२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङका पत्रकार गणेश आचार्यलाई थप ४ दिन थुनामा राखेर अनुसान्धान हुने

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य आचार्य विरुद्ध एक महिलाले बिहीबार अभद्र ब्यबहार गरेको भन्दै प्रहरी बृत स्वएंभुमा उजुरी दिएपछि आचार्यलाई पक्राउ गर्नु परेको बृतका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।

स्रोतका अनुसार उजुरी दिने महिला सशस्त्र प्रहरीको दर्जा बिहिन रुपमा कार्यरत कार्यालय सहयोगी महिला हुन ।

‘बिगत लामो समयदेखि पत्रकार आचार्यले आँफुमाथि अभद्र ब्यबहार गर्दै आएको भन्ने कुरा पीडितको जाहेरीमा उल्लेख छ,’ थापाले भने ‘ त्यही जाहेरीका आधारमा आचार्यलाई पक्राउ गर्नु परेको हो ।’

शुक्रबार पत्रकार आचार्यलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]