०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङका पत्रकार गणेश आचार्यलाई थप ४ दिन थुनामा राखेर अनुसान्धान हुने

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारी नेपालका दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य आचार्य विरुद्ध एक महिलाले बिहीबार अभद्र ब्यबहार गरेको भन्दै प्रहरी बृत स्वएंभुमा उजुरी दिएपछि आचार्यलाई पक्राउ गर्नु परेको बृतका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए ।

स्रोतका अनुसार उजुरी दिने महिला सशस्त्र प्रहरीको दर्जा बिहिन रुपमा कार्यरत कार्यालय सहयोगी महिला हुन ।

‘बिगत लामो समयदेखि पत्रकार आचार्यले आँफुमाथि अभद्र ब्यबहार गर्दै आएको भन्ने कुरा पीडितको जाहेरीमा उल्लेख छ,’ थापाले भने ‘ त्यही जाहेरीका आधारमा आचार्यलाई पक्राउ गर्नु परेको हो ।’

शुक्रबार पत्रकार आचार्यलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!