३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

पत्रकारलाई गोप्य सूचना दिएको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कारबाही

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एक जना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् ।

सङ्गठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल दार्चुलामा कार्यरत कार्यरत का.मु. वरिष्ठ हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन् ।

उनले सशस्त्र प्रहरी ऐन¸२०५८ विपरीत गोप्य सूचना चुहाएको भन्दै सशस्त्र प्रहरी विशेष अदालतमा २२ असारमा मुद्दा दायर भएको सशस्त्र प्रहरीको प्रधान कार्यालय, हल्चोकले जनाएको छ ।

सोही बमोजिम शाहुलाई शुक्रवारको थुनछेकको बहसको क्रममा सशस्त्र प्रहरी विशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पुर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरीको मुख्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । शरीरको रक्षा गर्नमा खनिजको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै शरीरका कोषहरूको वृद्धि विकास र राम्रोसँग कार्यसञ्चालनको लागि क्याल्सियम, फस्फोरस, आयोडिन, फलाम आदि खनिज पदार्थहरू आवश्यक पर्छन्। क. क्याल्सियमका कार्यहरू – रगत जम्ने प्रक्रियामा सहयोग गर्छ। – हात तथा दाँतको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। – मांसपेशीय तन्तुहरू तथा स्नायु तन्तुहरूको काममा सहयोग गर्छ। […]

काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए । गत […]

  काठमाडौं । नयाँदिल्ली बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट  सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले […]

error: Content is protected !!