१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

भारतमा बढ्न थाल्यो पेट्रोलियम पदार्थ नेपालमा पनि बढन सक्ने संकेत

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९


ABC-SANCHAR
काठमाडौं । भारतको पेट्रोलियम खपत कोरोना महामारी पूर्वकै अवस्थामा आइपुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार जुन महिनामा भारतको पेट्रोलियम खपत कोभिड–१९ महामारी अघिकै स्थितिमा पुगेको हो । भारतमा जुन महिनामा मात्रै अघिल्लो वर्षको तुलनामा पेट्रोलियम पदार्थको खपत १७ प्रतिशतले बढेको छ ।

भारत विश्वको तेस्रो ठूलो पेट्रोलियम खपतकर्ता हो । धेरै पेट्रोलियम पदार्थ खपत गर्ने देशको सूचीमा भारतभन्दा अघि चीन र अमेरिका मात्रै छन् । कोरोना महामारीको समयमा भारतमा यसको खपत घटेको थियो । तर, जुन महिनादेखि महामारी पूर्वकै अवस्थामा खपत आइपुगेको बताइएको छ ।

भारतमा पेट्रोलियम पदार्थको कूल माग १८.६७ मिलियन टन रहेको तेल मन्त्रालयले जानकारी दिएको छ । भारतमा ग्यास र डिजेलको माग सन् २०२१ को सेप्टेम्बरमा सबैभन्दा न्यून बिन्दुमा पुगेको थियो । जसको तुलनामा अहिले १८ प्रतिशतले बढेको बताइएको छ ।

यसले विश्वव्यापीरूपमा भइरहेको मूल्यवृद्धिका बाबजुत भारतीय उपभोक्ताको क्रयशक्ति बढ्दै गएको देखिन्छ । यतिबेला विश्वव्यापीरूपमा ऊर्जाको मूल्य बढिरहेको छ । यद्यपी, खाद्यान्न लगायतका वस्तुमा आएको उच्च मूल्यवृद्धिले सोचे अनुरुपको माग भने सृजना भइरहेको छैन ।

जुन महिनाको पहिलो दुई सातादेखि भारतीमा पेट्रोलियम पदार्थको माग ह्वात्तै बढ्न थालेको थियो । जुन,अहिले पनि जारी रहेको रोयटर्स उल्लेख गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]