२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरी आईजीपीविरुद्धको रिटमा सुनुवाइ हुँदै सोमबार फैसला हुन सक्ने

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरीको महानिरीक्षक (आइजिपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवा सम्बन्धी परेको मुद्दाको फैसला सोमबार आउन सक्ने देखिएको छ।

जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना रहेको एक कानुन व्यवसायीले बताए।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो।

त्यसपछि असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। निवेदक र त्यसपछि सरकारी पक्षको बहस सकिएपछि फेरि निवेदकले जवाफी बहस गर्न लागेका हुन्। यसअघि आइतबारका लागि पेशी तोकिएपनि सार्वजनिक बिदा परेपछि सोमबारका लागि सारिएको हो।

आफूले साउन २० गते उमेर हदका कारण अवकाश पाउन लागेको भन्दै एआईजी पोखरेलले चाँडोभन्दा चाँडो फैसला गर्न माग गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]