
ABC-SANCHAR
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १० जलौराचोकमा कारको ठक्करबाट स्थानीय २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।
गए राति करिब पौने १० बजेतिर नारायणपुरबाट पूर्व घोराहीतर्फ जाँदै गरेको बा ०१ –०२५ च ७७६४ नम्बरको कारले चौधरीलाई ठक्कर दिएको थियो ।
घाइते चौधरीलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
उनको उपचारका क्रममा राति साढे १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोष्टमर्टमका लागि प्रतिष्ठानमा राखिएको छ ।