२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरीका बढुवा भएका ५७ अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित एक समारोहकाबीच हालै बढुवा भएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई बधाई दिंदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले व्यवसायिक जीवनमा पदोन्नती बृत्तीविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी आफुहरु अगाडी बढिरहेको उल्लेख गर्दै खाली पदहरु सिमित रहँदा सबैले एकै पटक बढुवा प्राप्त गर्न नसके पनि लामो समयसम्म एउटै पदमा रहेर कार्य गरिरहेका अधिकृतहरुको बृत्तिविकासका लागि कार्यसम्पादन मुल्यांकन प्रणालीलाई वस्तुपरक र बैज्ञानिक बनाउँदै लगिने चर्चा गर्दै संगठन व्यवस्थापन तथा सर्वेक्षण वा विशेष पद श्रृजना गर्नेतर्फ समेत पहल भईरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले बढुवासँगै प्राप्त भएको दर्जा अनुरुपको कार्यसम्पादनमा पूर्ण व्यवसायिक भई क्रियाशिल रहन अधिकृतहरुलाई निर्देशन दिदै सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध भई क्रियाशिल रहने विश्वास समेत व्यक्त गरे ।

उनले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढि अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए ।

यसैगरी उनले जीवनको लामो र स्वर्णिम समय राष्ट्रसेवामा व्यथित गरी विशेष बढुवा भई अवकाश हुन लाग्नु भएका अधिकृतलाई आगामी जीवन सुखमय रहोस भन्ने शुभकामना समेत व्यक्त गरे ।

सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यहि असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नती भएका ५६ जना अधिकृतहरु र अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!