२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने तामाङ पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास तथा पक्राउको लागी परिचालित टोलीले तामाङलाई बिहीबार काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!