२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गर्मीलाई मध्यनजर गर्दै बिरगंजका बिधालयहरु १ महिनाको लागि बन्द

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९


ABC-SANCHAR
पर्सा । पछिल्लो समय बढ्दै गएको गर्मीलाई मध्यनजर गर्दै पर्सा जिल्लाका विभिन्न स्थानीय तहले गर्मी विदा दिन थालेका छन् ।

असार महिनाको अन्त्यसम्म पनि वर्षा नहुँदा बढ्दै गरेको गर्मीका कारण विद्यालयमा पठनपाठन अहसज हुँदै गएपछि जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पाकाहमैनपुर गाउँपालिका, धोविनी गाउँपालिका र विन्दवासिनी गाउँपालिकाले गर्मी विदा घोषणा गरेका हुन् ।

वीरगञ्ज महानगरपालिकाले गत बुधबारदेखि आज शुक्रबारसम्म विद्यालय बन्द गरेको छ भने पोखरिया नगरपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि विदा दिएको छ ।

त्यसैगरी पाकाहमैनपुर गाउँपालिकाले पनि बिहिबार एउटा सूचना जारी गर्दै साउन १ गतेदेखि २८ गतेसम्म विदा घोषणा गरेको छ । बिहिबार गाउँपालिकाको एउटा विद्यालयमा केही विद्यार्थी गर्मीका कारण बेहोस भएपछि पालिकाले विदा दिएको थियो ।

यस्तै धोविनी गाउँपालिकाले पनि साउन २८ गतेसम्म पालिकाका सम्पूर्ण शैक्षिक संस्थामा विदा घोषणा गरेको गाउँपालिका अध्यक्ष मदन चौहानले जानकारी दिए ।

विन्दवासिनी गाउँपालिकाले आज शुक्रबार एउटा सूचना जारी गर्दै ३० दिनका लागि विद्यालय बन्द रहने जनाएको छ । गर्मी बढेसँगै सामुदायिक विद्यालयहरूमा पठनपाठन प्रभावित हुँदा र विद्यार्थीको सङ्ख्या पनि कम हुँदै गएपछि विदा घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]