१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाल प्रहरीको दर्जन जिल्लाका प्रहरी प्रमुख एसपीहरु फेरिदै

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक दर्जन जिल्लामा एसपीको हेरफेर तयारी थालेको छ । एक वर्ष अवधि पुगेका र बढुवाका कारण रिक्त हुन लागेका जिल्लामा हेरफेर हुन लागेको हो ।

यसपटक मोरङ, कास्की, मकवानपुर, बाँके, बारा, रौतहट, कपिलवस्तु जस्ता महत्वपूर्ण जिल्लाका प्रमुख फेरिदै छन् । कास्कीका एसपी रमेश थापा अमेरिका तालिमका लागि जिल्लाबाट बिदा भइसकेका छन् । त्यस्तै, मोरङका राजन अधिकारी, मकवानपुरका सुरेन्द्र गुरुङ, बाराका दिलिपसिंह देउवा, रौतहटका बिनोद घिमिरे, कपिलवस्तुका दानबहादुर कार्की तथा डोटीका शारदा प्रसाद चौधरी बढुवा भएपछि ती जिल्लाका एसपी रिक्त छन् । रिक्त जिल्लामा सरुवाका लागि तिव्र प्रतिस्पर्धा छ ।
एसपीहरु कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी, आभूषण तिमल्सिना, सन्तोषसिंह राठौर, होबिन्द्र बोगटी, श्याम कुमार महतो, सुदर्शन कोइराला, सविन प्रधान, गंगा पन्त, कमल थापा लगायत मुख्य जिल्लामा प्रमुख दाबेदार छन् । तर, केही बदनाम एसपीहरुले पनि बाँके, मोरङ, कास्की जानलाई बालुवाटारमार्फत दबाब दिइरहेकाले सरुवामा ढिलाई भएको स्रोत बताउँछ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

error: Content is protected !!