२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गढवा प्रहरीले अबैध तरिकाले नदिजन्य उत्खनन ओसारपसार गर्ने टेक्टर नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९


ABC (क्राईमबिट)
दाङ । गढवा गाउँपालिका ६ नम्बरका वडाध्यक्ष बीरबहादुर आलेको टेक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। खोलाबाट ढुंगा गिट्टी ओसारपसार गरेको भन्दै इलाका प्रहरी कार्यालय गढवावडालेअसार/ गढवा गाउँ पालिका रा १ त ४२४४ नम्बरको टेक्टर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिईन।

प्रहरी निरीक्षक केसीले दिएको जानकारी अनुशार वडा नम्बर ६ का वडाध्यक्ष आलेले आफ्नो वडाका मनिकापुर र आँटीपाकरका सडक बाटोमा खाल्डा खुल्डी परेका छन, नजिकैको खोलाबाट ढुंगा गिट्टी लिएर हाल्छु भनेका थिए । खोला बाट ढुंगा गिट्टी उठाउन र राजश्व समेत लिन बन्द भैसकेको समय भएकोले ठिकै छ खाल्डा खुल्डी पुर्दा स्थानीयलाई सजिलो हुन्छ भने मैले पनि गाउँ समाजसंग सल्लाह गरेर गर्नु होला भनेको थिएूँ( प्रहरी निरीक्षक केसीले भनिन ।

वडाध्यक्ष आलेले आफ्नो टेक्टरको नम्बर पनि गढवा प्रहरीलाई टिपाएका थिए । तर उक्त टेक्टरले खाल्ड खुल्डी परेको स्थानमा ढुंगा गिट्टी नहालेर अन्यत्र घर बनाउने स्थानमा डम्पिङ गरेको भन्ने गुनासो आएपछि टेक्टर नियन्त्रणमा ल्याएको प्रहरी निरीक्षक केसीको भनाई छ। वडाध्यक्ष आलेको टेक्टर अहिले पनि गढवा प्रहरीको नियन्त्रणमा छ ।

हामीलाई प्राप्त भिडियोमा घर निर्माण गर्न लागेको घर वरिपरि टेक्टर गुडिरहेको देखिन्छ । नजिकै निर्माधीन घर पनि देखिन्छ । सडकमा हाल्ने भने भनेर खोला बाट निकालेको ढुंगा गिट्टी कुनै व्यक्तिको घर निर्माणका लागि पठाएको भन्दै सामाजिक संजालमा वडाध्यक्ष आलेको चर्को आलोचना भैरहेको छ ।

मेरो चरित्र हत्या गर्ने कम भयो: वडाध्यक्ष आले

गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बीरबहादुर आलेले आफु माथि लगाइएको आरोप गलत भएको दावी गरे । जसले मेरो बारेमा अनेकन कुरा लगाएर टेक्टर नियन्त्रण गर्न लगायो, सो व्यक्तिले बारम्बार खोलाबाट ढुंगा गिट्टी, बालुवा चोर्ने काम गर्थ्यो, उसको टेक्टर मैले केहि पटक प्रहरीको जिम्मा लगाएको थिए त्यहि बदला लिनलाई आज म माथि आइ लाग्योू(वडाध्यक्ष आलेले भने ।

स्थानीयले सडकका खाल्डा खुल्डी पुरिदिन पर्यो भनेर पटक पटक गुनासो गरेपछि मैले गढवा प्रहरी संग समन्वय गरेर नै काम गर्न लागेको थिए, तर अन्यत्रको फोटो भिडियो जोडेर मेरो व्यक्तिगत र मेरो पदको बदनाम गर्न खोजियोू( आलेले भने ।

मैले व्यक्तिगत स्वार्थका लागि गर्न खोजेको हैन, सामाजिक काम गर्न खोज्दा मेरो विरोध भयो, विरोध मात्र भएन मेरो चरित्रहत्या समेत भयो यो बारे मैले कानूनी उपचार खोज्ने छु वडाध्यक्ष आलेको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]