२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौँमा वर्षकै सबैभन्दा गर्मी तापक्रम ३२.३ डिग्री सेल्सियस मापनकाठमाडौँमा वर्षकै सबैभन्दा गर्मी तापक्रम ३२.३ डिग्री सेल्सियस मापन

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

(ABC-Sanchar)

काठमाडौँ । आइतबार (हिजो) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौँको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यो यो वर्षकै उच्च तापक्रम भएको महाशाखाका मौसमविद् हिरा भट्टराईले बताए।

यो वर्षको जुलाई १२ तारिखयता काठमाडौँको अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि रहेको उनले बताए ।

उनका अनुसार जुलाई महिनामा काठमाडौँको अहिलेसम्मकै उच्च तापक्रम सन् १९८९ जुलाई २२ मा मापन गरिएको थियो । त्यतिखेर काठमाडौँको अधिकतम तापक्रम ३२.७ डिग्री सेल्सियस मापन गरिएको उनले बताए ।

आज बिहान केही स्थानमा वर्षा भएको र भोलिदेखि पानी पर्ने क्रम बढेसँगै कम गर्मी महसुस हुने मौसमविद् भट्टराईको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]