०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

काठमाडौंबाट प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ ।

पक्राउ परेका कुमारलाई लागुऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

चितवन । नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक उपेन्द्र बहादुर बानियालाई यस कार्यालयका कार्यालय प्रमूख प्रहरी उपरीक्षक गोबिन्द पुरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ । साथै उहाँले पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा […]

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

error: Content is protected !!