२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वडा अध्यक्षलाई पानीमा फाल्ने डीएसपी ठगबहादुरमाथि छानबिन गल्ती भए कार्वाही हुन्छ डिआईजी:राई

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९


ABC (क्राईमबिट)
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालेको घटनाको छानबिन सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले क्षेत्रीलाई पोखरीमा फालेको भिडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार डीएसपी केसीमाथि छानबिन गर्न निर्देशन दिइसकिएको छ । रुपन्देहीका एसपी रवीन्द्र रेग्मीलाई उक्त विषयमा के भएको छानबिन गरेर जानकारी गराउन भनिएको राईले बताए ।

आइतबार नगरसभा स्थगित गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बिरोध प्रदर्शन गरेका थिए । सोही क्रममा वडाअध्यक्ष क्षेत्रीलाई धकेल्दै प्रहरीले मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा फालेका थिए । पोखरीमा फालेको विषय राष्ट्रिय सभामा समेत उठेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!