२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

सशस्त्र प्रहरीको एसपीबाट एसएसपीमा बढुवालाई दर्ज्यानी चिन्ह फुली प्रदान गर्दै

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गते आयोजित एक समारोहका बीच नेपाल सरकार माननीय मन्त्रीस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालको साधारण समुह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएका होम ज्ञवालीलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर हुनुभएका ज्ञवालीलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्ने गरी संगठन नेपाल सरकार गृह मन्त्रालय सँग समन्वयका साथ अगाडी बढिरहेको बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरी अधिकृत जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ–आफ्नो ठाउँबाट पुर्‍याएको योगदानले सांगठनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना गर्दै कार्यसम्पादनमा जुट्नु पर्नेमा जोड दिनुहुँदै सशस्त्र प्रहरी बल नेपालका कुनै पनि ईकाइ तथा कर्मचारीहरुबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरु नआउने गरी पूर्ण व्यवसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतहरुलाई त्यसैअवसरमा निर्देशन दिनुभयो ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]