१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

२ दिन भित्र भारी बर्षा हुन्छ मौसमविद्

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९


ABC-Sanchar
काठमाडौँ । मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् ।

आज (मंगलबार) जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले मनसुनको न्यून चापीय रेखा एक, दुई दिन भित्रमै सक्रिय हुने र वर्षा हुने बताएकी छन् ।


‘मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुई वटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ’ उनले भनिन्, ‘’वर्षाको क्रमसँगै बिस्तारै शीतल अनुभव गर्नसक्छौं । अहिले ब्रेककै स्थिति छ । बिस्तारै यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदा खेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ ।’

मौसमविद् पोखरेलले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताइन् । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उनले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]