२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी छानबिनमा

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


(ABC-Sanchar)
बाँके । न्याय परिषद्मा परेको उजुरीका आधारमा उनलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले तानेका हुन् ।
उनलाई अब परिषद्ले थप छानबिन गर्नेछ । परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो ।
जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको परिषद् स्रोतले जनाएको छ ।
उनलाई विगतमा हटाउन खोज्दा महाभियोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोगाएका थिए । उनीमाथि अब बस्ने परिषद्ले थप छानबिन गर्नेछ । सर्वोच्चमा काठमाडौं जिल्ला अदालतका केही न्यायाधीश छानबिनमा रहेका छन् ।
अम्विका निरौला, सूर्यप्रकाश अधिकारी र राजकुमार कोइरालामाथि छानबिन भइरहेको छ । त्यस्तै बद्रीप्रसाद ओली र अन्य केही न्यायाधीशमाथि पनि परिषद्ले छानबिन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!