०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने मुख्य नाइके गिरोह र किन्ने सहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

 

(सागर थापा)

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने गिरोह र किन्नेलाई समेत पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उक्त गिरोहले दाङको विभिन्न क्षेत्रहरुबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्लाहरु र केही मोटरसाइकल वर्कशपमा समेत लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिएइको छ ।

उक्त गिरोहले केही महिनायता विभिन्न व्यक्तिका मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

सोही आरोपमा पक्राउ ब्यक्तिहरु जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं.९ सखी घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३० को भानुभक्त बाठा । जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.१९ छिल्लीकोट घर भई हाल घोराही उप-महानगरपालिका वडा नं.११ बस्ने बर्ष २१ को मदन पुन !। जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. १८ दुधरास बस्ने बर्ष १८ को बादल नेपाली लगायत मोटरसाइकल खरिद व्यक्तिमा संलग्नसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उक्त गिरोहले दिउँसो र रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्लाहरुमा लगेर २५ देखि ५० हजार रुपैयाँ मूल्यमा बिक्री गर्ने गरेको दाङ प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

पटक/पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्य अनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!