२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने मुख्य नाइके गिरोह र किन्ने सहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

 

(सागर थापा)

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने गिरोह र किन्नेलाई समेत पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उक्त गिरोहले दाङको विभिन्न क्षेत्रहरुबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्लाहरु र केही मोटरसाइकल वर्कशपमा समेत लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिएइको छ ।

उक्त गिरोहले केही महिनायता विभिन्न व्यक्तिका मोटरसाइकल चोरी गरेको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

सोही आरोपमा पक्राउ ब्यक्तिहरु जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं.९ सखी घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३० को भानुभक्त बाठा । जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.१९ छिल्लीकोट घर भई हाल घोराही उप-महानगरपालिका वडा नं.११ बस्ने बर्ष २१ को मदन पुन !। जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. १८ दुधरास बस्ने बर्ष १८ को बादल नेपाली लगायत मोटरसाइकल खरिद व्यक्तिमा संलग्नसहित ३ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उक्त गिरोहले दिउँसो र रातको समयमा घरमै पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेर नम्बर परिवर्तन गरी पहाडी जिल्लाहरुमा लगेर २५ देखि ५० हजार रुपैयाँ मूल्यमा बिक्री गर्ने गरेको दाङ प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

पटक/पटक मोटरसाइकल चोरी गरेको हुँदा उक्त गिरोहलाई पटके कायम गरी मोटरसाइकलको बजार मूल्य अनुसार बिगो भराउनुका साथै जरिवानासमेत हुने गरी मुद्दा चलाइने दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]