२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चितवनमा एक वर्षमा जनावरको आक्रमण बाट २२ जनाको मृत्यु तथ्यांक

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

ABCSanchar
चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट २४ जना गम्भीर घाइते भएका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। त्यस्तै जनावरको आक्रमणबाट २९ जना सामान्य घाइते भएका उनले बताए। उनका अनुसार जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जले प्रतिपरिवार रु १० लाखका दरले २२ जनाको परिवारलाई रु दुई करोड २० लाख राहत उपलब्ध गराएको छ।

गम्भीर घाइतेको उपचारका लागि निकुञ्जले रु २९ लाख ११ हजार ७७३ तथा सामान्य घाइतेको उपचारका लागि रु पाँच लाख ३७ हजार ९५४ उपलब्ध गराएको सहायक सूचना अधिकारी तिवारीको भनाइ छ । गत आवमा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएका, घाइते भएका तथा स्थानीयको अन्नबाली र पशुधनको क्षतिबापत निकुञ्जले रु तीन करोड चार लाख ७३ हजार ३८७ राहत उपलब्ध गराएको तिवारीले जानकारी दिए। निकुञ्जका पाँचवटै जिल्लामा गरेर जनावरको कारणबाट जम्मा ७२४ वटा घटना भएका र ती घटनामा रु तीन करोडभन्दा बढी राहत उपलब्ध गराइएको उनले बताए।

“जनावरको कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा हुने घटनाको क्षतिपूर्ति त हामी प्रदान गर्न सक्दैनौँ”,उनले भने, “यद्यपि पीडितको घाउमा मल्हम लगाउन भए पनि निकुञ्ज ऐनअनुसार केही राहतको व्यवस्था हुने गरेको छ।” वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति व्यक्ति रु १० लाख तथा घाइतेको उपचार खर्च निकुञ्जले उपलब्ध गराउँदै आएको तिवारीले बताए। त्यस्तै, जङ्गली जनावरले नष्ट गरेको अन्नबाली तथा पशुधनको समेत निकुञ्जले मूल्याङ्कन गरेर राहत उपलब्ध गराउँदै आएको उनको भनाइ छ।

गत वर्ष जङ्गली जनावरको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा १४८ वटा पशुधनमा क्षति पुगेको भन्दै तिवारीले सो क्षतिबापत निकुञ्जले रु १७ लाख ८२ हजार राहत उपलब्ध गराएको बताए। त्यस्तै, गत वर्ष छ जनाको अन्न भण्डार गरेको स्थानमा जनावरले क्षति पुर्याएको थियो। घरगोठको क्षतिबापत रु एक लाख ४७ हजार ३०० तथा ४७६ जनाको अन्नबाली क्षतिबापत रु ३० लाख ३९ हजार ९०० क्षतिपूर्ति रकम निकुञ्जले उपलब्ध गराएको छ।

निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९.३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!