१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

बेल्जियममा विमान डरलाग्दो दुर्घटनामा पाइलटको ज्यान प्यारासुटले बचायो,

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


(ABC-Sanchar)
काठमाडौं । बेल्जियममा एउटा डरलाग्दो विमान दुर्घटना हुँदा पनि त्यसमा सवार पाइलट बाँच्न सफल भएका छन्।

वास्तवमा विमानमा हुने ब्यालिस्टिक रिकभरी सिस्टमका कारण पाइलटको ज्यान जोगियो भने विमान क्षति हुनबाट जोगिएको हो।

गत शुक्रबार एक अनुभवी पाइलटले डाइनएरो एमसीआरओ१ विमान चलाइरहेका थिए। विमानको इन्जिन बन्द भएपछि सो विमान सिधै जमिनतर्फ घोप्टिएर जोतिन लागेको थियो।

तर पाइलटले विमानमा भएको ब्यालिस्टिक रिकभरी सिस्टम प्रयोग गरेपछि प्यारासुट खोलियो जसले विमान भुँइमा बेस्सरी बजारिनबाट जोगियो।

प्यारासुटले खसेको विमानको तिव्रतालाई कम गरेपछि विमान भुइँमा बजारिँदा विमानलाई पनि ठूलो क्षति भएन र पाइलट पनि सकुशल अवतरण गर्न सफल भए।

यो घटनाको फोटो र भिडिओ सार्वजनिक भएको छ जहाँ विमान नाटकीय रुपमा भुइँमा खरिरहेको देख्न सकिन्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!