२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ ट्राफिकले चालक र सहचालकको सडकमै नि:शुल्क स्वास्थ्य जाँच चलाकहरु खुशी

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले एक सय साठी जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ ।
ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो ।
लमही बसपार्कमा भित्र स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकहरुको लागि स्वास्थ्य परिक्षण गर्नुका साथै आखाको पनि चेक गर्दै उनीहरुलाई विभिन्न प्रकारका परामर्श दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो

सो शिविरमा एकै दिन मात्र १ सय ४ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण गराएका छन ।

दाङको लमहीमा नि.शुल्क स्वास्थ शिविर परिक्षणका क्रममा अधिकाशंलाई ब्लड प्रेसर र आँखाको समस्या देखिएको अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख बिक्रम बिकले बताउनु भयो ।

नि.शुल्क स्वास्थ परिक्षण गर्न पाउदा
चालक र सहचालकहरु यो कामबाट निकै खुशी देखिएका छन ।

लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले दाङ ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको ट्राफिक प्रमुख परियारले जानकरी दिनु भयो ।

स्वास्थ शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लमही आँखा अस्पताल लमही दाङ
लमही नगरपालिका स्वास्थ शाखा दाङ यातायात व्यावसायि नागरिक समाज जनप्रतिनिधि पत्रकारहरु लगाएतको सहभागिता रहेकोे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]