२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

दाङ ट्राफिकले चालक र सहचालकको सडकमै नि:शुल्क स्वास्थ्य जाँच चलाकहरु खुशी

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९

(सागर थापा)

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले एक सय साठी जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ ।
ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो ।
लमही बसपार्कमा भित्र स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकहरुको लागि स्वास्थ्य परिक्षण गर्नुका साथै आखाको पनि चेक गर्दै उनीहरुलाई विभिन्न प्रकारका परामर्श दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले जानकारी दिनुभयो

सो शिविरमा एकै दिन मात्र १ सय ४ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण गराएका छन ।

दाङको लमहीमा नि.शुल्क स्वास्थ शिविर परिक्षणका क्रममा अधिकाशंलाई ब्लड प्रेसर र आँखाको समस्या देखिएको अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख बिक्रम बिकले बताउनु भयो ।

नि.शुल्क स्वास्थ परिक्षण गर्न पाउदा
चालक र सहचालकहरु यो कामबाट निकै खुशी देखिएका छन ।

लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले दाङ ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको ट्राफिक प्रमुख परियारले जानकरी दिनु भयो ।

स्वास्थ शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लमही आँखा अस्पताल लमही दाङ
लमही नगरपालिका स्वास्थ शाखा दाङ यातायात व्यावसायि नागरिक समाज जनप्रतिनिधि पत्रकारहरु लगाएतको सहभागिता रहेकोे थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!