२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं बिमान स्थलबाट अबैध (साउदी रियल) पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । एयर अरेवियाको उडानद्वारा काठमाण्डौंबाट Sharjah जान लागेका तपशिलमा उल्लेखित यात्रुहरुलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा शरीर खानतलासी गर्ने क्रममा निजहरुले तपशिलमा उल्लेखित विदेशी मुद्राहरु अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आज मिति २०७९/०४/०८ गते राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर बुझाइएको ।

तपशिल
जिल्ला तनहुँ भिमाद न.पा. वडा नं. २ स्थायी वतन भएका राहदानी नं. PA0183166 वाहक वर्ष २६ को मान बहादुर थापाले लगाई आएको पाईन्टको खल्तीबाट Saudi Riyal ५०० दरको थान-५० ले जम्मा Saudi Riyal २५,०००।– (पच्चिस हजार मात्र) ।
जिल्ला रौतहट राजपुर गा.पा. वडा नं. ६ स्थायी वतन भएका राहदानी नं. 06432904 वाहक वर्ष ३० को शेख फैयाजले लगाई आएको पाइन्टको खल्तीबाट Saudi Riyal ५०० दरको थान-१०० ले जम्मा Saudi Riyal ५०,०००।– (पचास हजार मात्र) ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]