१५ साउन २०८२, बिहिबार
31-07-2025 , Thu
×

डीआईजी गिरीद्वारा संखुवासभा जिल्ला निरीक्षण प्रहरी गस्तीलाई निरन्तर दिन निर्देशन

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


ABC (क्राईमबिट)
विराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिएक छन् ।

संखुवासभाको उत्तरतर्फ अन्तराष्ट्रिय सिमा जोडिएको पहाडी जिल्ला,ब्यापारिक केन्द्र तथा पर्यटकिय जिल्ला भएको तर यातायातको पहुच कम भएको जिल्ला रहेकोले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका प्रहरी युनिटहरुले समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका स्थानिय मानिसहरुसंग समन्वय गरी अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी आम नागरिकहरुको सुरक्षार्थमा खटिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

पहिरो, आगलागि र अन्य बिपदहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

सवारी दुर्घटना न्युनिकरण, आत्महत्या निरुत्साहित गर्न विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकहरुमा सचेतना फैल्याउन तथा प्रहरी ऐन र नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आगामी हुन गईरहेको निर्वाचनमा शान्ति सुरक्षार्थको लागि योजना तयार गरी सम्पुर्ण प्रहरी कर्मचारी खटिन सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आजको डिजिटल युगमा लेखन, पत्रकारिता वा अन्य सृजनात्मक कामका क्रममा कृत्रिम बुद्धिमत्ता (AI) उपकरणको प्रयोग गर्नु स्वाभाविक र व्यावहारिक भएको छ । विशेषतः भाषा शुद्धीकरण, संरचना सुधार, तथ्य पुष्टि वा विचार विस्तार जस्ता पक्षहरूमा AI टुलहरूले सहयोगीको भूमिका निर्वाह गर्न थालेका छन् । मैले पनि सचाचार, केही लेख, टिप्पणी वा विश्लेषण तयार गर्दा […]

काठमाडौं । क्यालिफोर्नियाको नेभल एयर स्टेसन लेमूर नजिकै अमेरिकी नौसेनाको एफ-३५सी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। पाइलटले समयमै बाहिर निस्केर आफ्नो ज्यान बचाए। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। घटना स्थानीय समय अनुसार साँझ ६:३० बजेतिर भएको थियो। सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा दुर्घटना स्थलबाट कालो धुवाँ र आगोको मुस्लो निस्किरहेको देखिएको छ। यो […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ अन्तर्गतको मुख्य न्यु रोड क्षेत्रस्थित गजानन्द फिनिशिङ अगाडि रहेको कच्ची सडक वर्षा याममा हिलाम्मे र पानीले भरिएका खाल्डाखुल्डीले भरिएको देखिन्छ। यो सडक वडा अध्यक्ष गोपाल पुनको घरबाट करिब ५०० मिटरको दूरीमा मात्र पर्दछ। निर्वाचन भन्दा पहिला वडा अध्यक्ष पुनले वडा भित्रका सबै सडकहरू सुधार गर्ने प्रतिबद्धता जनाए पनि, […]

error: Content is protected !!