२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डीआईजी गिरीद्वारा संखुवासभा जिल्ला निरीक्षण प्रहरी गस्तीलाई निरन्तर दिन निर्देशन

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


ABC (क्राईमबिट)
विराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिएक छन् ।

संखुवासभाको उत्तरतर्फ अन्तराष्ट्रिय सिमा जोडिएको पहाडी जिल्ला,ब्यापारिक केन्द्र तथा पर्यटकिय जिल्ला भएको तर यातायातको पहुच कम भएको जिल्ला रहेकोले जिल्ला प्रहरी कार्यालय तथा मातहतमा रहेका प्रहरी युनिटहरुले समय समयमा लामो तथा छोटो गस्ति निकाली दुरदराजमा भएका स्थानिय मानिसहरुसंग समन्वय गरी अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी आम नागरिकहरुको सुरक्षार्थमा खटिन सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

पहिरो, आगलागि र अन्य बिपदहरुमा स्थानिय सरकार तथा अन्य सुरक्षा निकायसंग समन्वय गरी नागरिकको जीउ धनको रक्षा गर्न र नैतिकता र अनुशासित भई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

सवारी दुर्घटना न्युनिकरण, आत्महत्या निरुत्साहित गर्न विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरी आम नागरिकहरुमा सचेतना फैल्याउन तथा प्रहरी ऐन र नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आगामी हुन गईरहेको निर्वाचनमा शान्ति सुरक्षार्थको लागि योजना तयार गरी सम्पुर्ण प्रहरी कर्मचारी खटिन सक्ने गरी तयारी अवस्थामा रहन समेत निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]